कीवर्डहरू -

रियलमीको ब्राण्ड एम्बास्डरमा नीति शाह नियुक्त, दुवैलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास

रियलमीको ब्राण्ड एम्बास्डरमा नीति शाह नियुक्त, दुवैलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास

लोकप्रिय स्मार्टफोन ब्राण्ड रियलमीले पूर्व मिस नेपाल निती शाहलाई आफ्नो ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । यो सँगै शाहले अब रियलमी, नार्जो र एआइओटि एवम वेरेबलस् लगायत अन्य इकोसिस्टम प्रोडक्टहरु पनि एन्डोर्स गर्नेछिन् ।

उनी मिस इन्टरनेसनल नेपाल २०१७ को विजेता हुन् । उनले २०१७ मा जापानमा भएको मिस इन्टरनेसनल नेपालमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले ब्रान्ड एम्बासडरको रुपमा निती शाहसँग काम गर्न पाउँदा हामी अत्यन्तै उत्साहित भएको बताए ।

त्यस्तै नवनियुक्त ब्रान्ड एम्बासडर निती शाहले रियलमी ब्रान्डको सदस्य हुन पाउँदा म एकदमै उत्साहित भएको र यो सहकार्यले पक्कै पनि दुवैलाई एउटा नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिन् ।