कीवर्डहरू -

नेपालको पहिलो भर्चुअल वर्कस्पेश लेन्समीअप सार्वजनिक

नेपालको पहिलो भर्चुअल वर्कस्पेश लेन्समीअप सार्वजनिक

नेपाली सफ्टवेयर कम्पनीले लेन्समीअपले ‘लेन्समीअप वर्कस्पेस’ सार्वजनिक गरेको छ । उक्त वर्कस्पेसले नयाँ समुह बनाउन, जोड्न, साझेदारीमा सहयोग गर्ने छ ।

लेन्समीअप वर्कस्पेसबाट कामको प्रगती अनुगमन गर्न, लक्ष्य तय गर्न, कामको प्राथमिकता तय गर्न र तोकिएको समय अनुसार काम भएको नभएको जानकारी लिन सक्ने छन् ।

आफ्नो कामलाई व्यवस्थित गरी थोरै समयबाट धेरै कुरा निकाल्न चाहने कम्पनीहरुको लागि लेन्समीअपको यो सेवा उपयोगी हुने बताइएको छ ।

यसले कम्पनीहरूलाई कामको अनुगमन गर्न, फाइलहरु आदान प्रदान गर्न, रिअल टाइममा कुराकानी गर्न र कामलाई व्यवस्थापन गर्न मद्दत पुर्‍याउने छ ।

कम्पनीका संचालक निराजन केसीले यसलाई नेपाल मात्र नभएर छिट्टै अन्तराष्ट्रिय स्तरमा समेत लैजाने बताए । ३ महिनासम्म यो सेवा निःशुल्क प्रयोग गर्न सकिने छ ।  यसबारे थप जानकारी लिन www.lancemeup.com भिजिट गर्न सकिने छ ।