कीवर्डहरू -

एप्पलले नयाँ प्रो डिस्प्ले एक्सडीआर मनिटरमा काम गर्दै

एप्पलले नयाँ प्रो डिस्प्ले एक्सडीआर मनिटरमा काम गर्दै

एप्पलले नयाँ प्रो डिस्प्ले एक्सडीआर मनिटरमा काम गरिरहेको छ । कम्पनीले अहिले विभिन्न नयाँ एक्स्टर्नल मनिटरको निर्माण गरिरहेको छ ।  यसैमा एक ३२ इन्चको प्रो डिस्प्ले पनि रहेको छ ।

यसमा ब्लिट इन एप्पल सिलिकन चिपसेट पनि रहने भएको छ । ए १३ बायोनिक प्रोसेसर हुने प्रो डिस्प्ले एक्सडीआर मनिटर एमटू म्याक प्रो सार्वजनिक भएपछि मात्रै सार्वजनिक हुने जनाइएको छ ।

यस मनिटरले प्रयोगकर्ताहरुलाई मनिटरको अप्सनहरुमा एक राम्रो विकल्पको रुपमा छान्न दिन्छ । एप्पलले दुई वर्ष अघिनै एप्पल सिलिकनमा स्वीच गर्ने सोचेको थियो तर प्रो डिस्प्ले एक्सडीआर मनिटरमा मात्रै यो सम्भव भएको छ ।