कीवर्डहरू -

अब खल्तीबाटै चिडियाखानाको टिकट काट्न सकिने

अब खल्तीबाटै चिडियाखानाको टिकट काट्न सकिने

खल्ती प्रयोगकर्ताले अब सदर चिडियाखानाको टिकट काट्न सक्ने भएका छ। यस सुविधाले सदर चिडियाखानामा लाइन बसी टिकट काट्नुपर्ने समस्याको समाधान भएको छ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले बिशेष गरि सानै छोराछोरी भएका अभिभावकहरुलाई अब परिवारलाई चिडियाखाना घुमाउन लाइन बसेर टिकट काट्नु नपर्ने बताए ।

इच्छुक प्रयोगकर्ताले तल बताइएको तरिका अनुसार खल्ती मार्फत सदर चिडियाखानाको टिकट बुक  गर्न सक्नेछन्:

१. खल्ती एप को होमस्क्रिनमा  ‘सेन्ट्रल जु’ मा ट्याप गर्नुहोस् ।
२. उपलब्ध अप्सन जस्तै विद्यार्थी, बाल्बचा,बिदेसी पर्यटक मा आफुलाई चाहिएको कोटामा टीक गर्नुहोस् ।
३. आफुलाई आवस्यक टिकट संख्या राखी व्यक्तिगत विवरण भर्नुहोस् ।
४. पेमेन्ट अप्सन छानी भुक्तानी गर्नुहोस् ।

खल्ती मार्फत काटिएको टिकट खल्तीको मेनु भित्र रहेको ‘माई बुकिङ्ग’ मा हेर्न सक्नुहुनेछ। साथै खल्ती बाट सदर चिडियाखानाको टिकट काट्दा हरेक दिन  १ जना भाग्यमानी प्रयोगकर्ताले  ३२ इन्चको यसुदा टिभी  जित्न सक्नेछन्।