कीवर्डहरू -

यसरी प्रयोग गर्नुहोस् इन्स्टाग्राम गाइड फिचर

यसरी प्रयोग गर्नुहोस् इन्स्टाग्राम गाइड फिचर

इन्स्टाग्राममा गाइड नामक नयाँ फिचर आएको छ । यसले पोस्टहरु एकै ठाउँमा ग्रुप गरेर राख्न दिन्छ । यो फिचरले तपाईको बारेमा थप जानकारी प्रदान गर्न दिनेछ ।

यसका लागि सर्वप्रथम आफ्नो स्मार्टफोनमा इन्स्टााग्राम एप खोल्नुपर्ने हुन्छ । अब स्क्रीनको तल्लो बायाँ भागमा रहेको आफ्नो इन्स्टाग्रामको प्रोफाइलमा क्लिक गर्नुहोस् ।

अब स्क्रीनको माथिल्लो बायाँ भागमा रहेको प्लस आइकनमा क्लिक गर्नुपर्ने हुन्छ । अब पप अप मेन्युमा आएको गाइड अप्सनलाई सेलेक्ट गर्नुपर्ने हुन्छ ।

अब प्लेसेज, प्रडक्टस र पोस्टहरुबाट कुन गाईडपोस्ट बनाउने भनेर अप्सन छान्नुपर्ने हुन्छ । अब तपाइले सेभ गरेको पोस्ट गाइड अप्सनमा राख्नुपर्ने हुन्छ ।

अब आफूलाई चाहिने पोस्ट राखेपछि नेक्सट क्लिक गर्नुपर्ने हुन्छ । त्यो गाइडको शीर्षक राख्ने फिचर पनि इन्स्टाग्रामले दिएको छ ।

तपाईले एड मोर गरेर एउटै गाईडमा थप पोस्टहरु राख्न सक्नुहुनेछ । अब पुनः नेक्स्ट बटन क्लिक गरेर सेयर बटन क्लिक गर्न सकिन्छ ।