कीवर्डहरू -

नेपालमा ह्वावे कनेक्ट २०२२ हुँदै, डिजिटल प्रविधिको महत्व बारे छलफल हुने

नेपालमा ह्वावे कनेक्ट २०२२ हुँदै, डिजिटल प्रविधिको महत्व बारे छलफल हुने

मंगलबार नेपालमा ह्वावे कनेक्ट २०२२ को कार्यक्रम हुँदै छ । दिउँसो १२ः३० देखि काठमाडौँको म्यारियट होटेलमा सुरू हुने ह्वावे कनेक्टमा विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् ।

ग्लोबल आईसिटी उद्योगको लागि ह्वावेले वार्षिक प्रमुख कार्यक्रमको रुपमा ह्वावे कनेक्ट मनाउँदै आएको छ । यस वर्षको ‘अनलिस डिजिटल’ भन्ने थिम रहेको कार्यक्रममा डिजिटल प्रविधिको महत्व बारे छलफल गरिने बताइएको छ ।

कार्यक्रमको प्रमुख अतिथिमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थिति रहने छ । कार्यक्रममा ह्वावेका अन्तर्राष्ट्रिय वक्ताहरु र नेपालमा रहेका ह्वावेका व्यापारिक साझेदारहरुले कार्यक्रममा आ–आफ्ना प्रस्तुति दिने छन् ।

त्यस्तै ह्वावेले सबै उद्योगहरुमा फइभजी जस्ता प्रविधिको व्यावहारिक एप्लिकेसन र सबै आकारको संगठनहरुलाई अधिक कुशल र अधिक बहुमुखी बनाउने कुराको गहिराइमा छलफल गर्नेछ ।

ह्वावेले एसिया प्यासिफिक क्षेत्रमा र नेपालमा फाइभजी परिक्षणको अवस्थाबारे पनि छलफल गर्ने जनाएको छ । कार्यक्रममा नेपालमा रहेको डेटासेन्टरबारे प्यानल डिस्कसन पनि हुनेछ भने ह्वावेका इन्टरनेट सेवा प्रदायक साझेदारहरुले कार्यक्रममा प्रस्तुती समेत दिनेछन् ।