ह्वावे नेपालले बुधबार ठूला करदाताको कार्यालयबाट “उत्कृष्ट ट्याक्स कम्प्लायन्स” क्याटोगोरी अन्तर्गत “सर्टिफिकेट अफ एप्रिसियसन” प्राप्त गरेको छ ।
प्रमुख कर प्रशासक राजेश्वर ज्ञवालीले आइआरडी अन्तर्गत एलटिओका सबै प्रमुख कर अधिकारी र ह्वावे नेपाल कार्यालयका सिएफओ चार्ल्स लु चाओचुन र कर प्रबन्धक रविकुमार साहको उपस्थितिमा ह्वावे नेपालका सिइओ विलियम चाङ्लाई सर्टिफिकेट अफ एप्रिसियसन हस्तान्तरण गरेका थिए ।
प्रमाणपत्र दिने क्रममा एलटिओ प्रमुख राजेश्वर ज्ञवालीले भने, “एलटिओ ह्वावे नेपाललाई सर्टिफिकेट अफ एप्रिसियसन प्रदान गर्न पाउँदा खुसी छ र हामी बहुराष्ट्रिय कम्पनीले नेपालमा लगानी गरेकोमा र स्थानीय कानून र नियमहरूको पूर्ण पालना गरेकोमा प्रशंसा गर्दछौं ।”
यस सम्बन्धमा ह्वावे नेपालका सिइिओ विलियम चाङ्ले भने “विश्वव्यापी अग्रणी आइसिटी सोलुसन प्रदायकको रूपमा ह्वावे हरेक क्षेत्रमा अनुपालन गर्न प्रतिबद्ध छ । त्यसैले ह्वावे नेपाल कार्यालयले नियम–कानुन पालना गरी नियमित कर तिर्दै आएको छ । हामी एलटिओ बाट ‘सर्टिफिकेट अफ एप्रिसियसन’ प्राप्त गर्न पाउँदा खुसी छौं र यसले हामीलाई अगाडि बढ्न उत्प्रेरित गर्नेछ ।”
विगत २२ वर्षदेखि ह्वावेले आइसिटीउद्योगको विकासका लागि नेपाल सरकार र विभिन्न साझेदारहरूसँग काम गर्दै आएको छ । स्थानीय कानून र नियमहरूको पालना गरेर र विश्वव्यापी प्रविधि उपलब्ध गराएर ह्वावेले देशको सम्पूर्ण क्ष्ऋत् उद्योगमा अन्ततः सफलता थप्दै दिगोपनलाई निरन्तरता दिइरहेको छ ।
यी सबै कारकहरूले ह्वावेलाई यस पटक उत्कृष्ट कर अनुपालन कम्पनीको लागि विजयी स्थान जित्दै महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ ।
कर दिवसको उपलक्ष्यमा ठूला करदाता कार्यालयले करदाताको नियम पालना गरेकोमा प्रशंसा गर्न एक समारोहको आयोजना गरेको हो । एलटिओ ह्वावे नेपाल कार्यालयबाट करिब ६०० करदाताहरू मध्य आइआरडी को निर्देशनमा गठित समितिले उत्कृष्ट कर अनुपालनको लागि प्रशंसा गरेको छ ।