कीवर्डहरू -

क्लासिक टेक पब्लिक कम्पनीमा रूपान्तरण हुँदै, आईपीओ पनि जारी गर्ने 

क्लासिक टेक पब्लिक कम्पनीमा रूपान्तरण हुँदै, आईपीओ पनि जारी गर्ने 

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आईपीओ जारी गर्ने भएको छ । यसका लागि क्लासिक टेक अब पब्लिक  लिमिटेड  कम्पनीमा रूपान्तरण हुने तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ  ।

कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भएपछि सर्वसाधारणहरुका लागि सेयर (IPO ) जारी गर्ने जानकारी दिएको छ । क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी  हो ।

हाल सम्म ७४ जिल्लाका  १०६ आउटलेट तथा साखा बाट इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले अन्य विभिन्न स्थानहरूमा आफ्नो सेवा विस्तार गर्ने र उचित मूल्यमा उच्च गतिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

यस सँगै कम्पनीले नेपालभर रहेका शाखा कार्यालयमा २ हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ ।