कीवर्डहरू -

डाक्टरको नराम्रो अक्षरलाई बुझ्न एआईको विकास गर्दै गूगल

डाक्टरको नराम्रो अक्षरलाई बुझ्न एआईको विकास गर्दै गूगल

गूगलले डाक्टरको नराम्रो अक्षरलाई बुझ्नका लागि एआईको विकास गरिरहेको छ । यसले डाक्टरको प्रिस्क्रिप्सनलाई सहज रुपमा बुझ्नलाई सघाउनेछ । गूगलले फारमेसीको मान्छेहरुसँग सहकार्य गरेर सो एआईको विकास गरिरहेको हो ।

यस एआईमा प्रयोगकर्ताले डाक्टरको अक्षरको फोटो खिचेर एपमार्फत प्रोसेस गरेपछि त्यो पानामा प्रमुख पोइन्टहरु केके लेखिएको छ भनेर हेर्न सकन्छ । यो फिचर अहिले प्राटोटाइप अवस्थामानै रहेको छ ।

यस फिचर आएमा प्रयोगकर्ताहरुले सहज रुपमा औषधीको खरिद गर्न सक्छन् । गूगलले एआईका लागि यो जटिल कार्य भएता पनि बिस्तारै विकासगर्दै जाँदा अक्षर बुझ्न सकिने हुनेछ ।