कीवर्डहरू -

रियलमी १० प्रो प्लस फाइभजी नेपालमा, के के छन् सुविधा ?

रियलमी १० प्रो प्लस फाइभजी नेपालमा, के के छन् सुविधा ?

स्मार्टफोन ब्रान्ड रियलमीको फ्ल्यागशिप लेबल कर्भ भिजन डिस्प्ले सहितको प्रिमियम स्मार्टफोन रियलमी १० प्रो प्लस फाइभ जी नेपालमा आएको छ ।

रियलमी १० प्रो प्लस फाइभ जी यो सेग्मेन्टकै पहिलो फोन हो, जसमा फ्ल्यागशिप लेबल १२० हर्जको कर्भड भिजन डिस्प्ले रहेको जनाइएको छ ।

त्यस्तै यसमा २१६० हर्ज पिडब्ल्युएमको डिमिङ रहेको छ, जुन नेपालकै पहिलो हो । आकर्षक हाइपरस्पेस गोल्ड रंगमा उपलब्ध रियलमीको अहिलेको बजार मुल्य ४५ हजार ९९९ रहेको छ ।

यसमा स्टोरेज अप्सन ८ जिबि प्लस १२८ जिबी रहेको छ ।  पौष ९ गते शनिबारदेखि नेपालभरी उपलब्ध हुने यस रियलमी टेन प्रो प्लस फाइभजी किन्ने ५० जना भाग्यशाली ग्राहकहरुले रियलमीको तर्फबाट एउटा सफारी ब्याग उपहारको रुपमा प्राप्त जनाइएको छ।