कीवर्डहरू -

म्याथ्स एण्ड फिजिक्स ओलम्पियाड आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

म्याथ्स एण्ड फिजिक्स ओलम्पियाड आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओइ) को म्याथ एण्ड फिजिक्स सोसाइटीले म्याथ्स एण्ड फिजिक्स ओलम्पियाड २०२३ आयोजना गर्ने भएको छ । यो कार्यक्रम पुस १९ गते आयोजना हुनेछ ।

आइओइ पुलचोक क्याम्पसमा ३ः४५ देखि सुरू हुने यस कार्यक्रममा सहभागी हुन् प्रवेश शुल्क ५० रुपैयाँ तोकिएको छ । यस कार्यक्रमका लागि रजिस्टर गर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रवेश शुल्क 9808139103 वा 9804023531 मा इसेवा गर्न सकिने छ । विजेताले मेडल, प्रमाणपत्र तथा क्यास प्राइज पनि प्राप्त गर्नेछन् ।

यसअघि पनि म्याथ्स एण्ड फिजिक्स सोसाइटीले म्याथ एण्ड फिजिक्स ओलम्पियाड २०२२ आयोजना गरेको थियो, जसमा २५ कलेजबाट २०० बढि सहभागीहरुले सहभागीता जनाएका थिए ।