कीवर्डहरू -

कानुनी रूपमै नेपालमा दर्ता हुँदै इनड्राइभ, विदेशी लगानीका लागि उद्योग विभागमा आवेदन

कानुनी रूपमै नेपालमा दर्ता हुँदै इनड्राइभ, विदेशी लगानीका लागि उद्योग विभागमा आवेदन

पछिल्लो समय लोकप्रिय हुँदै गइरहेको राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभले नेपालमा दर्ता प्रक्रिया सुरू गरेको छ ।

इन्ड्राइभले विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन बमोजिम नेपालमा कानुनी संस्था दर्ता गराउने प्रक्रिया सुरू गरेको हो ।

इन्ड्राइभकी दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले गत नोभेम्बरमा आवश्यक विदेशी लगानीका लागि उद्योग विभागमा आवेदन दिएको बताइन् ।

यद्पी, संस्था दर्ता प्रकृयाले अपेक्षा गरेभन्दा बढी समय लिइरहेको उनको भनाइ छ । इन्ड्राइभले अहिले ड्राइभरबाट कमिसन लिने गरेको छैन् ।

इनड्राइभले स्थानीय ड्राइभरहरूका लागि थप आम्दानीका अवसरहरू सिर्जना गरेर स्थानीय अर्थव्यवस्थालाई बढावा दिन मद्दत गरिरहेको कम्पनीको दावी छ ।

नन्दाका अनुसार इनड्राइभले यात्रु र चालक दुवैका लागि सेवालाई सुरक्षित बनाउन प्रयास गरेको छ । इनड्राइभ एपमा स्थानीय पुलिससँग सीधै जोडिनसक्ने गरी आपातकालीन कल बटन समावेश गरिएको छ ।

इनड्राइभले २४ सै घण्टा सपोर्ट टोली राखेको छ । सरकारी निकायहरुले दर्ता प्रकृयालाई सहज र तिब्रता प्रदान गर्ने नन्दाको अपेक्षा छ ।