कीवर्डहरू -

खल्तीबाट सानिमा लाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा १ हजारसम्म क्यासब्याक

खल्तीबाट सानिमा लाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा १ हजारसम्म क्यासब्याक

‘खल्ती’ले अब  प्रयोगकर्ताहरुका लागि सानिमा लाईफ इन्स्योरेन्सको प्रिमियम 'खल्ती' बाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याएको छ ।

यस सुविधासंगै अब खल्ती प्रयोगकर्ताले सानिमा लाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्मको क्यासब्याक प्राप्त गर्ने अफर पनि खल्तीले जनाएको छ ।

तसर्थ लामो लाइन बसी डिजिटल भुक्तानी गर्न, तुरुन्त भुक्तानी गर्न र समयमै भुक्तानी नगर्दा लाग्ने जरिवानाबाट बच्न तथा ग्राहकहरूलाई प्रोत्साहन गर्न खल्तीले यो सेवा ल्याएको हो ।

यस सेवाका बारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले बीमा ग्राहकहरूलाई डिजिटल प्लेटफर्मबाटै प्रिमियम भुक्तानी सहज बनाउन यो अफर ल्याएको बताए ।

इच्छुक प्रयोगकर्ताले तल बताइएको अनुसार सानिमा लाईफ इन्स्योरेन्सको प्रिमियम ‘खल्ती’ बाट भुक्तानी गर्न सक्नेछन् ।

१. खल्ती एप को होमस्क्रिनमा गई ‘इन्स्योरेन्स’ मा ट्याप गर्नुहोस् ।
२. ‘ सानिमा लाईफ इन्स्योरेन्स’ छनौट गर्नुहोस् ।
३. मागिएको विवरण भरि भुक्तानी गर्नुहोस् ।

प्रयोगकर्ताले भुक्तानी गरेपछि रु १००० को तत्काल बोनस पाउनेछन् । तर खल्ती प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछिको ७ दिनभित्र प्रिमियम तिर्नुपर्नेछ ।