कीवर्डहरू -

डा. वेद काफ्लेले पाए नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२२

डा. वेद काफ्लेले पाए नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२२

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२२ डा. वेद काफ्लेलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा काफ्लेलाई नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।

विदेशमा रहेर नेपालको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका व्यक्तिलाई नेपाली डायस्पोरा अवार्ड प्रदान गरिन्छ । उक्त अवार्ड यस वर्ष डा. वेद काफ्लेले पाएका हुन् ।

विदेशमा रहेर पनि नेपालको सूचना प्रविधि क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान दिएका व्यक्ति हुन्, डा. वेद काफ्ले ।

जापानको सरकारी अनुसन्धान एजेन्सी एनआईसीटीमा अनुसन्धान प्रबन्धकको रूपमा कार्यरत काफ्ले २५ वर्ष बढी सूचना प्रविधि क्षेत्रमा बितासकेका छन् ।

टोकियोको इलेक्ट्रो कम्युनिकेसन विश्वविद्यालयका एशोसिएट प्रोफेसर रहेका उनी आईटीयुको टेलिकम्युनिकेसन मापदण्ड निर्माणमा सहभागी हुने पहिलो नेपाली हुन् ।

नेपाल सरकारको गृह मन्त्रालयमा कम्प्युटर शाखा स्थापना गर्न पनि उनको भूमिका छ । थुप्रै अवार्डबाट सम्मानित भइसकेका काफ्लेको जापानबाट नेपालमा उन्नत प्रविधि र ज्ञान हस्तान्तरणमा अहम भूमिका छ ।