कीवर्डहरू -

एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२ शिला कंसाकारलाई प्रदान

एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२ शिला कंसाकारलाई प्रदान

एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२ शिला कंसाकारलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा कंसाकारलाई वुमन आइकन आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।

नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्‍याएका महिलालाई यो अवार्ड प्रदान गरिन्छ । वुमन आइकन विजेतालाई एनसेलले ३ लाख रूपैयाँ नगद प्रदान गरेको छ ।

नेपालको सूचना प्रविधि क्षेत्रको अग्रणी नाम हो, शिला कंसाकार । नेपाल प्रहरीमा कम्प्युटर शाखा स्थापना गर्न महत्वपूर्ण भूमिका खलेकी उनी पूर्व डीआईजी समेत हुन् ।

सिस्टम एनालिष्टको रूपमा प्रहरी निरीक्षकबाट सरकारी सेवा सेवा आरम्भ गरेकी कंसाकार आइसिटी क्षेत्रबाट डीआईजीसम्म पुग्ने पहिलो महिला हुन् ।

२८ वर्ष प्रहरी सेवामा बिताएकी कंसाकार सूचना प्रविधिमा महिलाहरूलाई आकर्षित गर्न र उत्प्रेरित गर्न तल्लिन छन् ।

सूचना प्रविधिका विभिन्न संघ, संस्थामा क्रियासिल उनले नेपाल प्रहरीलाई डिजिटल युगमा पुर्‍याउन महत्वपूर्ण योगदान दिएकी छन् ।