कीवर्डहरू -

ई-इजलास सुरू गर्दै काठमाडौं महानगरपालिका, अब लेखर वा भ्वाइस रेकर्ड गरेर निवेदन दिन सकिने

ई-इजलास सुरू गर्दै काठमाडौं महानगरपालिका, अब लेखर वा भ्वाइस रेकर्ड गरेर निवेदन दिन सकिने

काठमाडौं महानरपालिकाले ई-ईजलास सुरू गर्ने भएको छ । शुक्रबार इन्फोडेभलपर्स आईसिटी अवार्ड २०२२ मा बोल्दै महानरपालिकाकी उपमेयर सुनिला डंगोलले छिट्टै ई-इजलास सुरू गर्न लागेको जानकारी दिइन् ।

हामीले छिट्टै ई-ईजलास सुरू गर्दै छौं,’ उनले भनिन्, ‘त्यसपछि लेखेर वा भ्वाइस रेकर्ड गरेर आफ्नो निवेदन पठाउन सकिने छ ।’

उक्त सिस्टम लागु भएपछि लेख्न जान्नेले लेखेर वा लेख्न नजान्नेले रेकर्ड गरेर घरमै बसेर आफ्नो निवेदन पठाउन सक्ने छन् ।

कार्यक्रममा बोल्दै उनले स्थानीय तह पनि अब डिजिटल रूपमा अगाडि बढ्न पर्नेमा जोड दिइन् । काठमाडौं महानगरपालिका सोही अनुसार अगाडि बढेको बताउँदै डंगालले आइसिटीमा काठमाडौं महानगरपालिका नमुनाको रूपमा अगाडि बढ्न खोजेको जनाइन् ।