कीवर्डहरू -

डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२२ ज्ञानोदय बाल बाटिका स्कुललाई

डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२२ ज्ञानोदय बाल बाटिका स्कुललाई

डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२२ ज्ञानोदय बाल बाटिका स्कुलले पाएको छ ।

शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा खोकनाको ज्ञानोदय बाल बाटिका स्कुललाई उक्त अवार्ड प्रदान गरिएको हो ।

सूचना प्रविधिको प्रयोग मार्फत शिक्षण सिकाई र अध्यापन राम्रो बनाएका निजी क्षेत्रका स्कुललाई यो अवार्ड प्रदान गरिन्छ ।
नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले सन् १९९५ ज्ञानोदय बाल बाटिका स्कुल  स्थापना भएको थियो ।

विद्यालयले अनलाइन कक्षा र परीक्षाका लागि विद्यालय व्यवस्थापन सफ्टवेयर वेद प्रयोग गर्दै आएको छ ।

विद्यालयले प्रविधिमार्फत गुणस्तरीय सिकाइ प्रदान गर्न कम्प्युटर, स्मार्ट टिभी, पेनट्याब, स्मार्ट बोर्ड, गूगल क्लासरूम, ह्वाइट बोर्ड, एडोब, गोप्रो, डिजिटल क्यामेरा, ड्रोन, रोबोट लगायतका टुलहरू प्रयोग गरिरहेको छ । साथै सिकाइका लागि थ्रीडी एआर, भीआर हेडसेट समेत प्रयोग हुँदै आएको छ ।

१ देखि १२ कक्षासम्मका विद्यार्थीले क्याडफोरडी नामक कोर्षको पहुँच पाउँछन्, जसले सिनेम्याटोग्राफी, एआई, डिजिटल आर्ट र क्रियसन, टुडी थ्रीडी एनिमेसन र मोडलिङ सिकाउने गर्दछ ।