कीवर्डहरू -

ज्ञानोदय माध्यमिक विद्यालयलाई डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२२ प्रदान 

ज्ञानोदय माध्यमिक विद्यालयलाई डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२२ प्रदान 

डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२२ ज्ञानोदय माध्यमिक विद्यालयले पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा बाफलको ज्ञानोदय माध्यमिक विद्यालयलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

सूचना प्रविधिको प्रयोग मार्फत शिक्षण सिकाई र अध्यापन राम्रो बनाएका सरकारी तथा सार्वजनिक क्षेत्रका स्कुललाई यो अवार्ड प्रदान गरिन्छ ।

ज्ञानोदय माध्यमिक विद्यालय वि.सं. १९६३ सालमा स्थापना भएको ज्ञानोदय माध्यमिक विद्यालय समुदायमा आधारित शैक्षिक संस्था हो। पुरानो कालिमाटी बाफलमा अवस्थित यस विद्यालयमा फिजिक्स, क्यामेस्ट्री, बायोलोजी र उन्न्त आइसिटी कम्प्युटर ल्याब निर्माण गरिएको छ ।

सिकाइलाई प्रविधिमैत्री बनाउन स्मार्ट टिभी, इन्टर्याक्टिभ बोर्ड, डेक्स्टप, ल्यापटप, ट्याबलेट, प्रोजेक्टर, मोबाइल एप, वेबसाइट लगायतका प्रविधिहरू प्रयोग गरिएको छ ।

कोरोना अघिसम्म चक, डस्टरबाट पढाइ हुँदै आएकोमा महामारीपछि डिजिटल क्लासेस, लेक्चर लगायतका प्रविधिको प्रयोग हुँदै आएको छ । कक्षा ४ देखि यस विद्यालय कम्प्युटर अनिवार्य रूपमा पढ्नु पर्ने व्यवस्था गरिएको छ ।