कीवर्डहरू -

वैदेशिक रोजगार विभागलाई डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२२ प्रदान 

वैदेशिक रोजगार विभागलाई डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२२ प्रदान 

डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२२ वैदेशिक रोजगार विभागलाई प्रदान गरिएको छ ।

शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा वैदेशिक रोजगार विभागलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

सर्वसाधारण जनतालाई दिने सेवा सुविधालाई सूचना प्रविधि मार्फत छिटो, छरितो र सरल तरिकाबाट प्रदान गर्ने सरकारी संस्थालाई यो अवार्ड प्रदान गरिन्छ ।

वैदेशिक रोजगार सम्बन्धी मामला हेर्ने छुट्टै निकायको रूपमा वैदेशिक रोजगार विभागको स्थापना भएको हो । हाल श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत रहेको विभागले अनलाइनबाटै श्रमस्विकृति लिने व्यवस्था गरेको छ ।

विदेशमा काम गर्न जाने व्यक्तिले अनलाइनबाटै वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्ममा गर्न सक्छन् भने अनलाइनबाटै बीमा पनि खरिद गर्न सक्छन् ।

यसका साथै विभागले अनलाइन टोकन, ई-स्टिकर, ईपीएस अनलाइन एक्जाम रजिष्ट्रेसन सिस्टम, मोबाइल एप, वेब, वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली, वैदेशिक रोजगार रिक्रुटमेन्ट प्रणाली, जुम, सिसिटीभी, ई-हाजिरी लगायतका प्रविधिको प्रयोगबाट आफुलाई डिजिटाइज बनाउदै लगेको छ ।