कीवर्डहरू -

इन्फोडेभलपर्स आईसिटी अवार्डको फिनालेमा सातै प्रदेशका ७ उत्कृष्ट स्टार्टअपलाई सम्मान 

इन्फोडेभलपर्स आईसिटी अवार्डको फिनालेमा सातै प्रदेशका ७ उत्कृष्ट स्टार्टअपलाई सम्मान 

लिभिङ विथ आइसिटीले सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई सम्मान गरेको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आईसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको हो ।

गत चैतदेखि जेठसम्म लिभिङ विथ आइसिटीले सातै प्रदेशमा स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना गरेको थियो । देशैभरका स्टार्टअप तथा आईडियालाई प्रवर्द्धन र प्रोत्साहन गर्न फेस्ट आयोजना गरिएको संयोजक राजन लम्सालले बताए ।

छनौट भएका स्टार्टअप तथा आईडियालाई काठमाडौं ल्याएर ३ दिने बुटक्याम्प सञ्चालन गरिएको थियो भने नेपालका केही ठूला आईटी कम्पनीको भिजट समेत गराइएको थियो । सातै प्रदेशबाट छनौट भएका ३५ बढी स्टार्टअप र आईडिया मध्येबाट प्रत्येक प्रदेशका सर्वोत्कृष्ट छनोट गरिएको छ ।

यस अनुसार प्रदेश १ बाट क्युरा हेल्थ, मधेश प्रदेशबाट इजिइट्स, बागमती प्रदेशबाट नलेज एक्सचेन्ज, गण्डकी प्रदेशबाट स्वस्तिक ग्रुप (स्वस्तिक न्युट्री फुड), लुम्बिनी प्रदेशबाट फरिद डटकम, कर्णाली प्रदेशबाट सुर्खेत सफ्ट र सुदूरपश्चिम प्रदेशबाट पाथिभरा सेन्सर सोलुसन उद्योगलाई प्रदेशका उत्कृष्ट स्टार्टअपको रूपमा सम्मान गरिएको छ ।