कीवर्डहरू -

चिंगारीले जित्यो साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२२

चिंगारीले जित्यो साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२२

भारतीय स्टार्टअप टेक फोर बिलियन (चिंगारी)ले साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२२ पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा चिंगारीलाई साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।

दक्षिण एशियाली देशहरूका स्टार्टअप र इन्नोभेसनलाई लक्षित गर्दै आइसिटी अवार्डमा यसै वर्ष साउथ एशिया स्टार्टअप विधा थप गरिएको थियो । यस विधामा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र माल्दिभ्सबाट ५० बढी आवेदन प्राप्त भएका थिए ।

प्राप्त आवेदनबाट विज्ञ जुरीहरूको निर्णय अनुसार चिंगारीले साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२२ पाएको हो ।

चिंगारी टिकटकको जस्तै सुविधा भएको भारतको लोकप्रिय शर्ट भिडियो प्लेटफर्म हो । सन् २०१८ मा चिंगारी गूगल प्लेस्टोरमा सार्वजनिक भएको थियो । चिंगारीमा २० बढी भाषाका भिडियोहरू अपलोड हुँदै आएका छन् ।

दैनिक २०० मिलियन भिडियो हेरिने चांगारीका ४ करोड मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् भने दैनिक ५० लाखले प्रयोग गर्दै आएका छन् ।