कीवर्डहरू -

कारोबार एपलाई राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२२

कारोबार एपलाई राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२२

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२२ कारोबालाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा कारोबार एपलाई राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।

यस विधामा विद्यार्थीले बनाएका आइटी प्रोजेक्टलाई सम्मान तथा प्रोत्साहन गरिन्छ । यस वर्ष यो विधामा ५० बढीको आवेदन परेको थियो, जसमध्येबाट कारोबार एपले जित्न सफल भएको हो ।

कारोबार नेपाली एमएसएमई, नेपाली डिजिटल खाताको लागि मोबाइल अकाउन्टिङ एप हो । कारोबार एप मार्फत, एमएसएमईहरूले सजिलैसँग आफ्नो व्यापार लेखा र मोबाइलबाट इन्भेन्टरी व्यवस्थापन गर्न सक्छन् ।

कारोबार एउटा नेपाली डिजिटल खाता हो । हाल लगभग ३५ हजार बढि डाउनलोडहरू रहेका छन् र ३० हजार भन्दा बढी व्यवसायहरू करोबार एपमा दर्ता भएका छन् ।

तिनीहरूले मोबाइलबाट आफ्नो व्यापार पसल र सूची व्यवस्थापन गर्न कारोबार एप प्रयोग गर्छन् । साना व्ववसायलाई लक्षित गर्दै कारोबार एपको विकास गरिएको छ । यसबाट बिक्री, खरिद, स्टक र पार्टी क्रेडिटहरू ट्र्याक गर्न प्रयोग गर्न सकिन्छ ।

कारोबारले प्रयोगकर्ताहरुलाई आफ्नो लेखा र स्टकहरू व्यवस्थापन गर्न सहज किसिमको मोबाइल इन्टरफेस प्रदान गर्ने गर्दछ । यो नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ र यसले अफलाइनमा पनि काम गर्छ । नेपालमा पनि सामान्यतया लेनदेन क्रेडिटमा हुन्छ र पसलहरूले परम्परागत कागज खाता प्रयोग गर्छन् ।

यस्तोमा कागज बनाउन धेरै रूखहरू काट्नु पर्छ र तिनीहरूको लेनदेनको विवरण रेकर्ड गर्दा / फेला पार्दा पार्टी खोज्नु फलदायी हुँदैन र यस्तो झन्झटबाट बच्नका लागि पनि करोबारले मद्दत गर्ने गर्दछ ।

कारोबारले प्रयोगकर्ताहरुलाई आफ्नो पसललाई डिजिटलाइज गर्न र डिजिटल नेपाल प्रवर्द्धन गर्न मद्दत गर्छ । यो नेपालका हरेक पसललाई चाहिने मोबाइल समाधान हो ।