कीवर्डहरू -

मोफसलबाट सफ्टवेयरमा \'क्रान्ति\' - डाइनामिक सफ्ट

उनिहरुको सफ्टवेयर कम्पनीमा अहिले ५० जनाभन्दा बढिले रोगजारी पाएका छन

मोफसलबाट सफ्टवेयरमा \'क्रान्ति\' - डाइनामिक सफ्ट


सामान्य परिवारमा जन्मे हुर्केका युवा जो प्रविधि, सफ्टवेयर र यसको प्रयोगमा चासो राख्दथे । पढाईको लागि ठुला युनिभर्सिटी र कलेज पनि धाएनन उनीहरुले, स्थानिय स्तरमा उपलब्ध भएको आइटी ट्रेनिङ कोर्समा नै ३ वर्ष लगाएर डिप्लोमा इन सफ्टवेयर इन्जिनियरिङ गरे । हो, यहिबाट उनिहरुको पाइला मोडियो । नेपालको सफ्टवेयर क्षेत्रमा र आफ्नै ठाउमा  केहि गर्ने अठोट सहित लागि परे, मेहनत गरे र आज अफलताको पाइला चालिरहेका छन

\"\" कम्पनीका सह-सस्थापाक तथा प्रबन्ध निर्देशक दिपक साह

सजिलो त पक्कै थिएन मोफसलबाट आइटीको काम ह्याण्डल गर्न । भर्खर इन्टरनेट विस्तार भइरहेको अवसरलाई सदुपयोग गरे । सिके र नयाँ आइडिया र उपाय खोज्न थाले । यहि उपाय र आइडिया स्वरुप जन्मियो डाइनमिक टेकनोसफ्ट प्रा लि ।  जुन हल डाइनमिक ग्रुपको बिभिन ६ कम्पनी मध्येका  पहिलो  कम्पनी हो ।


विरगञ्जका दिपक साह र सचिन साह, जो उनिहरु बच्चादेखिका नै साथी थिए । सँगै डिप्लोमा पढ्दै गर्दा उनिहरु मिलेर केहि गर्ने अठोट सहित काम सुरु गरे । सजिलो त पक्कै थिएन मोफसलबाट आइटीको काम ह्याण्डल गर्न । भर्खर इन्टरनेट विस्तार भइरहेको अवसरलाई सदुपयोग गरे । सिके र नयाँ आइडिया र उपाय खोज्न थाले । यहि उपाय र आइडिया स्वरुप जन्मियो डाइनमिक टेकनोसफ्ट प्रा लि ।  जुन हल डाइनमिक ग्रुपको बिभिन ६ कम्पनी मध्येका  पहिलो  कम्पनी हो ।


सुरुमा चिनजानका कम्पनी तथा साथीभाईहरुबाट नै कामहरु लिन थाले । विस्तारै अरुले पत्याउन थालेपछि उनिहरुको बजारमा माग बढ्न थाल्यो । वेबसाइट बनाउने कामबाट उनिहरुको करियर सुरु भयो । अहिले उनिहरुको आधा दर्जन आफ्नै ब्राण्डको सफ्टवेयरहरु बजारमा उपलब्ध छन ।

ट्रेडिङ विजनेश पनि गरिरहेका छन । ठुला घरनाका, उद्योग , हस्पिटल  र स्कुलहरुले उनिहरुले बनाएको सफ्टवेयर प्रयोग गरिरहेका छन ।  भनिन्छ नि,अहिलेको समयमा जब गर्ने नभएर जब क्रिएट गर्ने हुनुपर्छ । यहि कुरालाई मुलमन्त्रका रुपमा लिएर दिपक र सचिनले आफ्नै ठाउबाट केहि गर्ने जोश जागरले अघि बढे ।

\"\"

फलस्वरुप अहिले उनिहरुको सफ्टवेयर कम्पनीमा ५० जनाभन्दा बढिले रोगजारी पाएका छन  भने डाइनमिक ग्रुपमा  ११५ जनाभन्दा बढिले रोगजारी पाएका छन ।  विरगञ्जमा मात्र नभएर काठमाण्डौको बबरमहलमा समेत केहि वर्षदेखि अफिस सञ्चालन गरिरहेका छन । हाले जापानमा कम्पनी को साखा बिस्तार गरी काम सुरु गरेका छन । ८ वर्षको विचमा सँगौ संघसस्था तथा स्कुलकलेज हरु डाइनामिकका नियमित ग्राहकहरु छन । सफ्टवेयर बनाएर बेचेर मात्र हुदैन, सपोर्ट र अपग्रेड निरन्तर चाहिन्छ भन्ने सोचेर नै उनिहरु आफ्नो सेवामा अब्बल ठहरिरहेका छन ।


इमान्दार भएर निरन्तर मेहनत गरेमा सफलता हात पर्छ भनेझै भएको छ उनिहरुको जिवनमा । सुरुवाती दिनमा सफ्टवेयर भनेर समेत बुझाउन कठिन बजार अहिले यो आवश्यक्ताको विषय रहेछ भन्दै खोज्न थालेको छ । सफ्टवेयरमा ३०/४० रुपैयामा सिडीमा पाउने हो भनेर बुझेकाहरुलाई वषौै मेहनत गरेर तयार पारेको इआरपी सफ्टवेयर प्रयोग गर्न लगाउनु कम चुनौती थिएन । नभन्दै केहि प्रतिष्ठित सस्थाहरुले उनिहरुलाई पत्याएर सफ्टेयरहरु प्रयोग गरेपछि मार्के्टिङ सजिलो बन्दै गयो ।


अहिले नेपाल सरकारका विभिन्न निकाय, दुगर ग्रुप, डावर नेपाल, गोदावरी ग्रुप, हुलास स्टिल, एसियन थाइ फुड्स लगायत ठुला उद्योगहरुले समेत डाइनामिकका सफ्टवेयर प्रयोग गरिरहेका छन ।


विद्यालयलाई डिजिटलाइज गनुपर्छ भन्ने सोचले उनिहरुले धेरै समय र लगानी विद्यालयको सफ्टवेयरमा गरे । डाइनामिक एकेडेमिक इआरपी र एस्को मोबाईल एप  अहिले देशभरका आठ सय विद्यालयहरुले प्रयोग गरिरहेका छन । पछिल्लो आधुनिक समयमा सबै विशेषता र प्रयोग गरेर उनिहरुले बनाएको यो सफ्टवेयर बजारका अन्य सफ्टवेयरभन्दा उत्कृष्ट रहेको दाबी गर्दछन । काठमाण्डौको विश्वा   निकेतनदेखि तराइका सामान्य स्कुलमा समेत डाइनामिक इआरपी प्रयोगमा छ ।

\"\" कम्पनीका सह-सस्थापक सचिन साह


जिवनमा ठक्कर नआएको होइन । तर, छोडेर विदेशी भुमिमा हराउ भन्ने सोच कल्यिै बनाएन यिनिहरुले । सिक्दै, नयाँ प्रयोग गर्दै अघि बढिरहे । एक दिन समय आउछ, मेहनत गरौ भनेर नै लागिपरेका दिपक र सचिन अहिलेको सफलताले हौसिएका पनि छैनन । अझ जिम्मेवार भएर सेवा दिनुपर्ने कुरामा तल्लिन उनिहरु देशभर विस्तारको क्रममा लागि परेका छन ।


एक जना बिरगञ्ज र एकजना काठमाण्डौबाट कम्पनी हेरिरहेका उनिहरुले निरन्तर सफ्टवेयरमा अपग्रेड र उत्कृष्ट सेवा तर्फ ध्यान दिइरहेका छन । घरको सामान्य कम्प्युटरबाट सुरु भएको उनिहरुको कम्पनीमा आज ५० जनाभन्दा बढिले रोजगारी र हजारौले सफ्टवेयर सेवाबाट लाभान्वित बनेका छन । डाइनामिक इआरपीसँगै हस्पिटल सफ्टवेयर, एकान्टिङ सफ्टवेयर, कम्प्लिट इन्टिग्रेटेड इआरपी लगायतका सफ्टवेयरहरु बजारमा उपलब्ध छन ।


देशभरी ४५  भन्दाबढि कम्पनी तथा व्यत्तिलाई डिलरसिप दिएका छन । यो ८  वर्षमा मोफसलबाट सफ्टवेयर उद्योगमा चालेको उनिहरुको पाइलाले सामान्यरुपमा एउटा क्रान्ती नै गरेको छ ।


देशभरी ४५  भन्दाबढि कम्पनी तथा व्यत्तिलाई डिलरसिप दिएका छन । यो ८  वर्षमा मोफसलबाट सफ्टवेयर उद्योगमा चालेको उनिहरुको पाइलाले सामान्यरुपमा एउटा क्रान्ती नै गरेको छ ।

अहिले पनि अधिकांश काठमाण्डौमा भेला हुने र अझ विदेशी भुमिमै भासिनेहरुको लागि उनिहरुको कथा रोचक र उत्प्रेरक छ । जहाँबाट काम गरेपनि सफलता हात पार्न मेहनत र इमान्दार प्रयास आवश्यक छ भन्नेकुरा प्रमाणित गरेका छन । उनिहरुको सफलता र सँघर्ष आफ्नै कम्पनी डाइनामिक झै भएको छ ।