कीवर्डहरू -

आन्तरिक भिडियो ब्लरिङ प्राइभेसी टूललाई ओपन सोर्स बनाउँदै गूगल

आन्तरिक भिडियो ब्लरिङ प्राइभेसी टूललाई ओपन सोर्स बनाउँदै गूगल

गूगलले आफ्नो आन्तरिक भिडियो ब्लरिङ प्राइभेसी टूललाई ओपन सोर्स बनाउने भएको छ । गूगलले यसमा दुई ओटा टूल राखेको छ र दुवैलाई ओपन सोर्स गरेको हो ।

यो सबै टूल प्रयोगकर्तालाई ओपनसोर्सका मार्फतले निःशुल्क उपलब्ध गराइन्छ । गूगलको पहिलो आन्तरिक प्रोजेक्टको नाम म्यागराईट हो जसले कुनै सामाग्री पहिचान गर्न मेसिन लर्निङ्गको प्रयोग गर्ने गर्दछ र पहिचान गरेर स्क्रीनमा देखिने बित्तिकै ब्लर गरिदिने गर्दछ ।

यसले लाइसेन्स प्लेट, ट्याटु जस्ता कुराहरुलाई सहजै ब्लर गरिदिन सक्छ । यो फिचर भिडियो पत्रकारहरुका लागि गोपनीयता कायम राख्नका लागि एकदमै प्रभावकारी हुने देखिन्छ । अर्काे गूगलको प्रविधिको नाम फुल्ली होमोमर्फिक इन्क्रिप्सन ट्रान्सपाइलर रहेको छ ।

यसले निजी डेटाको पहुँच नगरिकनै इन्क्रिप्टेड डेटामा कम्प्युटेसन गर्न दिन्छ । यस प्रविधिले अर्थतन्त्र, स्वास्थ्यसेवा तथा सरकारलाई सहयोग पुर्याउने गूगलको विश्वास रहेको छ ।