कीवर्डहरू -

इनर्जी ह्याकाथन आयोजना गर्दै लोकस, पुरस्कार राशि १ लाख

इनर्जी ह्याकाथन आयोजना गर्दै लोकस, पुरस्कार राशि १ लाख

लोकसले इनर्जी ह्याकाथन आयोजना गर्ने भएको छ । लोकसको प्रिइभेन्टको रूपमा पुस २१ गतेदेखि सुरू हुने ह्याकाथन ४ दिनसम्म चल्नेछ ।

वैकल्पिक उर्जा, उर्जा इफिसियन्सी, डिमाण्ड साइड व्यवस्थापन र खुला गरी ४ वटा थिममा आफ्नो आईडिया प्रस्तुत गर्न सकिने छ ।

प्रत्येक थिमबाट ४ वटा समूह छनोट गरिने छ । विजेतालाई १ लाख पुरस्कार प्रदान गरिने लोकसले जानकारी दिएको छ ।

कार्यक्रमको पहिलो दिन उर्जा क्षेत्र र अनुसन्धान क्षेत्रका प्रतिनिधिसँग नेपालको उर्जा बजार र समस्या बारे छलफल गरिनेछ । दोस्रो दिन प्रत्येक सहभागी समूहलाई मेन्टर प्रदान गरिने छ ।

तेस्रो दिन आफ्ना मेन्टरसँग प्रत्येक टिमले छलफल, ब्रेनस्टोम र समस्या समाधान बारे छलफल गर्नेछन् भने आफ्नो प्रस्तुतीको तयारी गर्न सक्ने छन् ।

अन्तिम दिन प्रत्येक समूहले निर्णायक समूह र दर्शकका अगाडि आफ्नो उर्जा क्षेत्रको समस्या समाधान प्रस्तुत गर्नेछन् ।

यस कार्यक्रममा यहाँ क्लिक गरी आफ्नो समूह दर्ता गराउन सकिने छ । पुस १७ गतेसम्म आफ्नो समूह दर्ता गर्न सकिने छ भने दर्ता शुल्क १२०० रूपैयाँ तोकिएको छ ।