कीवर्डहरू -

फेसियल हाउससँग भेटायो एपको सहकार्य, ५ हजारलाई तालिम दिने योजना

फेसियल हाउससँग भेटायो एपको सहकार्य, ५ हजारलाई तालिम दिने योजना

भेटायो एपले सौन्दर्य र सीप विकासको क्षेत्रमा काम गर्दै आइरहेको फेसियल हाउससँग सहकार्य गर्ने भएको छ । एपले फेसियल हाउससँगको सहकार्यमा बेरोजगार युवाहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा रोजगारी सिर्जना गर्ने योजना बनाएको हो ।

कम्पनीले समावेशी, पिछडिएको र सीमान्तकृत समुदायका लागि आम्दानीको श्रोत बलियो बनाउने लक्ष्य राखेको छ ।

यसैगरी दुवै पक्षले लाभ लिन एक अर्काको सम्बन्धित शक्ति, अनुभव, विधि र स्रोत तथा साधनहरूको परिचालन र पहुँचमा विस्तार गर्ने र जसमा करिब ५ हजार व्यक्तिलाई तालिम दिने योजना बनाएको छ ।

साथै उनीहरूलाई आर्थिक रूपमा सवल एवम दक्ष तथा आर्थिक रुपमा स्तरीय रोजगारी पाउन सहयोग पुग्नेछ । भेट्यायो एप सेवा लिने र रोजगार प्रदान गर्ने ग्राहकको सुविधाका लागि गुणस्तरीय सेवा उपलब्ध गराउने प्लेटफर्म हो ।

भेट्यायोले गुणस्तरीय सेवा उपलब्ध गराउने कार्य मात्र नगरी दक्ष जनशक्ति उत्पादन गरी बजार प्रवर्द्धन गर्न निरन्तर रुपमा काम गर्ने विभिन्न तालिम र सहकार्य मार्फत अघि बढाउने काम गर्दछ ।