कीवर्डहरू -

फ्रिल्यान्सिङ सम्बन्धि वर्कशप आयोजना गर्दै लोकस, यसरी हुनुहोस् सहभागी

फ्रिल्यान्सिङ सम्बन्धि वर्कशप आयोजना गर्दै लोकस, यसरी हुनुहोस् सहभागी

लोकसले फ्रिल्यान्सिङको वर्कशप गर्ने भएको छ । यस वर्कशपमा रोजगार, रिमोट वर्क तथा फ्रिल्यान्सिङको बारेमा सिकाइने छ ।

यस वर्कशपमा अन्तर्राष्ट्रियस्तरमा फ्रिल्यान्सिङ गर्दा भुक्तानी दर कस्तो छ ? आफूले धेरै कमाउन कुन किसिमले काम गर्न सकिन्छ ? जस्ता विषयमा पनि छलफल हुनेछ ।

देशको अर्थतन्त्रलाई पुनः जाग्रित गर्नका लागि संस्थाको यो सानो प्रयास रहेको लोकसले बताएको छ । वर्कशपमा स्क्यामबाट कसरी जोगिने भनेर पनि सिकाइने छ ।

यो वर्कशप पुष १३, १४ र १५ गतेसम्म प्रत्येक दिन ४ः१५ देखि ५ः३० सम्म सञ्चालन हुनेछ । यसको रजिस्ट्रेसन शुल्क १५० रुपैयाँ तोकिएको छ ।

यस वर्कशपमा सहभागी हुन यहाँ क्लिक गर्नुहोस् । यस कार्यक्रममा सहभागी हुन भोलि अर्थात २७ डिसेम्बरसम्म मात्रै रजिस्टर गर्न पाइने छ ।