कीवर्डहरू -

राष्ट्रिय परिचयपत्र, ई-पासपोर्ट, लाइसेन्स लगायतका सेवा प्रवाहलाई झन्झटमुक्त बनाइने

राष्ट्रिय परिचयपत्र, ई-पासपोर्ट, लाइसेन्स लगायतका सेवा प्रवाहलाई झन्झटमुक्त बनाइने

राष्ट्रिय परिचयपत्र, विद्युतीय राहदानी, सवारी चालक अनुमति पत्र लगायतका सेवा प्रवाहलाई झन्झटमुक्त बनाउने सरकारले निर्णय गरेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचय पत्र, ई-पासपोर्ट, लाइसेन्स लगायतका सेवा प्रवाहलाई झन्झटमुक्त बनाउने सरकारले निर्णय गरेको हो ।

नागरिकहरूलाई प्रदान गर्दै आएका आधारभूत सेवा विषेशगरी राष्ट्रिय परिचय पत्र , विद्युतीय राहदानी, सवारी चालक अनुमति पत्र लगायतका सेवा प्रवाहलाई सुगम सरल र कम खर्चिलो झन्झटमुक्त बनाउने, यसमा देखिने गरी सुधारका कामहरू तत्काल आरम्भ गर्ने र कार्यान्वयन गर्ने निर्णय भएको छ ।