कीवर्डहरू -

जिमेलमा एआई सहितको २ नयाँ फिचर

जिमेलमा एआई सहितको २ नयाँ फिचर

काठमाडौं। गूगलले जिमेलमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) समावेश भएको स्मार्ट कम्पोज र स्मार्ट रिप्लाई नयाँ फिचर थप गरेको छ।

यस नयाँ फिचरको मद्दत बाट प्रयोगकर्ताको टाइपिङ बानी बुझ्नुका साथै कुनै नयाँ इमेल कम्पोज गरी टाइप गर्न थाल्छ। प्रयोगकर्ताको टाइपिङ बानी अनुसार सम्भावित वाक्य र इमेलमा टाइप गरिएको मेसेजका आधारमा इमेलको विषय सिफारिस गर्छ।

डेस्कटपमा स्मार्ट कम्पोज प्रयोग गर्न जिमेल लगइन गरी  सेटिङमा जानुहोस सेटिङमा गएपछि  स्मार्ट कम्पोज तथा स्मार्ट रिप्लाई फिचरलाई अन गर्नुहोस।

स्मार्टफोनमा प्रयोग गर्न जिमेल एपको सेटिङमा जानुहोस सेटिङमा गएपछि स्मार्ट कम्पोज तथा स्मार्ट रिप्लाई फिचरलाई अन गर्नुहोस।