कीवर्डहरू -

अब खल्तीबाटै ललितपुर महानगरपालिकाको कर तिर्न सकिने

अब खल्तीबाटै ललितपुर महानगरपालिकाको कर तिर्न सकिने

खल्तीले ललितपुर महानगरपालिकासँग आफ्नो राजस्व संकलन डिजिटलाइजेसनका लागि सहकार्य गरेको छ।

करदाताले ‘खल्ती’ बाट ललितपुर महानगरपालिकाको घर बहाल कर, सम्पत्ति कर र व्यवसाय कर शुल्क तिर्न सक्नेछन्।

हालै काठमाडौं महानगरपालिकाको कर भुक्तानीका लागि पनि सोही सेवा उपलब्ध भएको थियो। त्यसैगरी ललितपुर महानगरपालिकाका बासिन्दालाई घर बहाल कर भुक्तानी सुविधा उपलब्ध भएसँगै खल्ती प्रयोगकर्ताले वडा कार्यालयमा नगइकनै विभिन्न कर तिर्न सक्नेछन् ।

यस सेवाका बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यसबाट पारदर्शी र प्रभावकारी राजस्व संकलन हुने बताए ।

करदाताले खल्ती एपमा गएर लोकल गभर्मेन्ट भित्र रहेको ललितपुर महानगरपालिका छनौट गरी कर भुक्तानी आईडि राखेर पैसा तिर्न सक्नेछन् ।