कीवर्डहरू -

इन्स्टाग्राममा मेसेजलाई रिपोर्ट गर्ने यस्तो छ तरिका

इन्स्टाग्राममा मेसेजलाई रिपोर्ट गर्ने यस्तो छ तरिका

इन्स्टाग्राम एकदमै चर्चित बन्दै गईरहेको सामाजिक सञ्जाल हो । धेरै मान्छेले यस प्लेटफर्मलाई आफ्नो प्रडक्ट र सेवा विस्तार गर्न पनि प्रयोग गर्न थालेका छन् । तर जति धेरै अन्र्तक्रियात्मक प्लेटफर्म भयो त्यतिनै धेरै गलत नियत भएको प्रयोगकर्ताको शङ्ख्या पनि बढ्ने गर्दछ ।

यस्तोमा उत्पीडन गर्न वा दुःख दिन कसैले नराम्रो मेसेज गरिरहेको हुन सक्छ । यसबाट बाँच्नका लागि मेसेजलाई रिपोर्ट गर्न सकिने फिचर रहेको छ ।

आज हामी इन्स्टाग्राममा मेसेज रिपोर्ट कसरी गर्ने भन्नेबारे जानकारी दिदैछौँ । यसका लागि सर्वप्रथम आफ्नो स्मार्टफोनमा इन्स्टाग्राम एप खोल्नुपर्ने हुन्छ । अब डिएम सेक्सनमा गएर आफूलाई रिपोर्ट गर्न मन लागेको मेसेजको कन्र्भसेसन खोल्नुपर्ने हुन्छ ।

त्यो मेसेज आएपछि त्यस मेसेजलाई केही समयसम्म थिचेर होल्ड गरिरहनुपर्छ । त्यसपछि स्क्रीनमा पपअप मेन्यु आउने गर्दछ र त्यसबाट मोर अप्सन क्लिक गर्नुपर्ने हुन्छ । अब रिपोर्ट बटन क्लिक गर्नुपर्ने हुन्छ ।

तपाईले यहाँ किन रिपोर्ट गर्न चाहेको भनेर कारण पनि उल्लेख गर्न सक्नुहुनेछ । अब त्यहाँ सब्मिट रिपोर्ट बटन आउँछ र त्यसमा क्लिक गुरेर रिपोर्ट दर्ता गर्न सकिन्छ ।