कीवर्डहरू -

नयाँ स्पोर्ट स्ट्रिमिङ एप बनाउँदै अमेजन

नयाँ स्पोर्ट स्ट्रिमिङ एप बनाउँदै अमेजन

अमेजनले खेलकुद एपको निर्माणमा काम गरिरहेको छ । द इन्फोरमेसनको रिपोर्ट अनुसार अमेजनले नयाँ स्पोर्ट स्ट्रीमिङ एपको निर्माणमा काम गरिरहेको हो ।

कम्पनीका सिईओ एन्डी जास्सीले अरु तिर खर्च कम गरेर नयाँ स्पोर्ट स्ट्रीमिङ एपमा काम गर्न तयार रहेको बताएपछि यो रिपोर्ट बाहिर आएको हो ।

अमेजनले कहिले एप सार्वजनिक गर्ने भनेर अहिले कुनै समय नतोकेको पनि रिपोर्टले बताएको छ । प्राइम भिडियो कन्टेन्ट भन्दा स्पोर्ट स्ट्रीमिङलाई बेग्लै राख्नका निम्ति यो एप सार्वजनिक गर्ने भएको हो ।