कीवर्डहरू -

एप्पलको डार्क स्काई सेवा बन्द

एप्पलको डार्क स्काई सेवा बन्द

एप्पलले डार्क स्काईको आईओएस एप, एपीआई र वेबसाइटलाई बन्द गरेको छ । एप्पलले सन् २०२० मा डार्क स्काई किनेको थियो र विज्ञहरुले त्यसबेलानै एप्पलले डार्क स्काईको आईओएस एप र वेब टूलहरु बन्द गर्न सक्ने शङ्का गरेका थिए ।

पहिले एप्पलले सन् २०२१ मै बन्द गर्ने योजना राखेको थियो । एप्पलले सन् २०२१ को अगस्टमा डार्क स्काईको एन्ड्रोइड एप पनि बन्द गरेको थियो ।

डार्क स्काईले विशेषगरी आईओएस १४ मा विस्तृत मौसम पूर्वानुमान दिन सहयोग पुर्‍याउने गर्दथ्यो । आईओएस १५ मा यसले एक घण्टापछि पानी पर्ने जानकारी पनि दिने गर्दथ्यो ।