कीवर्डहरू -

नेपालमा पीएसपी समिट हुँदै, किनोट स्पीकरको रूपमा भारत पेका संस्थापक अशनीर ग्रोभर आउने

नेपालमा पीएसपी समिट हुँदै, किनोट स्पीकरको रूपमा भारत पेका संस्थापक अशनीर ग्रोभर आउने

नेपालमै पहिलो पटक भुक्तानी सेवा प्रदायक (पीएसपी) समिट आयोजना हुने भएको छ । पुस २६ गते मंगलबार स्विभ्ड टेक्नोलोजीले पीएसपी सम्मेलन आयोजना गर्न लागेको हो ।

सम्मेलनमा भुक्तानी सेवा प्रदायक उद्योगको पछिल्लो प्रवृति र विकासका बारेमा छलफल हुनेछ । कार्यक्रममा प्रमुख किनोट वक्ता र प्यानलिष्टको रूपमा भारत पेका संस्थापक अशनीर ग्रोभरको उपस्थिति रहने छ ।

स्विभ्ट टेक्नोलोजीका प्रबन्ध निर्देशक समिता राना मगरले पीएसपी समिट आयोजना गर्न पाउँदा हर्षित भएको बताइन् ।

‘भुक्तानी सेवा प्रदायक उद्योग निरन्तर विकसित हुँदै गइरहेको छ,’ उनले भनिन्, ‘यो कार्यक्रमले पेशेवरहरूलाई अन्तदृष्टि र अनुभवहरू साझा गर्न प्लेटफार्म प्रदान गर्नेछ ।

पीएसपी सम्मेलन हायात प्लेस कालिमाटी काठमाडौंमा हुनछ । कार्यक्रममा सहभागी हुन् यहाँ क्लिक गर्नुहोस् ।

यो भुक्तानी सेवा प्रदायक उद्योगका लागि क्षेत्रका नेतृत्वकर्तासँग जोडिने र नवीनतम भुक्तानी प्रवृत्ति र विकासमा अद्यावधिक रहन बहुमूल्य अवसर भएको कम्पनीको भनाइ छ ।