कीवर्डहरू -

राहदानी विभागको सिस्टममा समस्या, आवेदनको स्टाटस हेर्ने र वितरण गर्ने कार्य अवरूद्ध

राहदानी विभागको सिस्टममा समस्या, आवेदनको स्टाटस हेर्ने र वितरण गर्ने कार्य अवरूद्ध

राहदानी विभागको सिस्टममा समस्या देखिएको छ । पुस १७ गतेदेखि विभागको सिस्टममा समस्या आउँदा आवेदनको स्टाटस हेर्ने र वितरण गर्ने कार्य अवरूद्ध भएको हो ।

मंगलबार एक सूचना प्रकाशित गर्दै विभागले पुस १७ गतेदेखि राहदानी विभागको सिस्टममा समस्या आई राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध हुन गएको जनाएको छ ।

विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सुचारू हुन केही समय लाग्ने जानकारी दिएको छ ।

त्यसैले अर्को सूचना जारी नभएसम्म लागि आवेदनको स्टाटस हेर्ने र वितरण गर्ने सेवा लिन विभागमा उपस्थित नहुन विभागले अनुरोध गरेको छ ।

साथै, नियमित रूपमा राहदानी आवेदनका लागि अपोइन्टमेन्ट बुक गरेका सेवाग्राहीहरू बुक गरेको मितिमा बायोमेट्रिकको लागि विभागमा उपस्थित हुन विभागको आग्रह छ ।