कीवर्डहरू -

 म्याथ्स एण्ड फिजिक्स ओलम्पियाड २०२३ सम्पन्न, २०० बढी सहभागी

 म्याथ्स एण्ड फिजिक्स ओलम्पियाड २०२३ सम्पन्न, २०० बढी सहभागी

इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओइ) को म्याथ एण्ड फिजिक्स सोसाइटीले म्याथ्स एण्ड फिजिक्स ओलम्पियाड २०२३ सम्पन्न भएको छ । यो कार्यक्रम पुस १९ गते आयोजना भएको थियो ।

आइओइ पुलचोक क्याम्पसमा ३ः४५ देखि यस कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा २०८ जनाले सहभागिता जनाएका थिए ।

कार्यक्रममा सहभागी भएर विजेता हुनेले मेडल, प्रमाणपत्र तथा क्यास प्राइज पनि प्राप्त गर्नै छन्  । नतिजा केही समयपछि सार्वजनिक हुने आयोजकले जनाएको छ ।

यसअघि पनि म्याथ्स एण्ड फिजिक्स सोसाइटीले म्याथ एण्ड फिजिक्स ओलम्पियाड २०२२ आयोजना गरेको थियो, जसमा २५ कलेजबाट २०० बढी सहभागीहरुले सहभागीता जनाएका थिए ।