कीवर्डहरू -

आइएमई पेबाट आईएमई लाइफको बीमा प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक

आइएमई पेबाट आईएमई लाइफको बीमा प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक

आइएमई पे र आईएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार आईएमई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम  भुक्तानी गर्दा रू. १ हजारसम्म क्यासब्याक प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।

सम्झौता आदानप्रदान कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोद मान सिंह बस्नेतले यो सम्झौतासँगै डिजिटल वालेटको माध्यमबाट बीमा प्रिमियम भुक्तानी गर्न ग्राहकहरुलाई प्रोत्साहन मिल्ने बताए ।

सम्झौता पश्चात आईएमई लाइफ इन्स्योरेन्सका प्रयोगकर्ताहरूले नेपालभरि जहाँबाट पनि सजिलै आइएमई पेबाट प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।

प्रयोगकर्ताले भुक्तानी गरेपछि रू. १००० को बोनस तुरुन्तै प्राप्त गर्न सक्नुका प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछि जुनसुकै दिनमा प्रिमियम तिर्दा बोनस प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।