कीवर्डहरू -

सवारी साधनको कागजपत्रको प्रतिलिपी सिफारिस अब अनलाइनबाटै प्राप्त गर्न सकिने

सवारी साधनको कागजपत्रको प्रतिलिपी सिफारिस अब अनलाइनबाटै प्राप्त गर्न सकिने

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिँदै आएको सवारी साधनको कागजपत्रको प्रतिलिपी सिफारिस  अनलाइन मार्फत प्रदान गरीने भएको छ ।

सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी ईजाजत पत्र हराएमा, सेवाग्राहीले ट्राफिक प्रहरीको आधिकारीक वेभसाइट https://ldims.nepalpolice.gov.np/ मार्फत सम्बन्धित व्यक्तिको परिचयपत्रको प्रतिलिपी सहित अनलाइन फर्म भर्नु पर्नेछ ।

अनलाइन फर्म भरेको ७२ घण्टा पश्चात अनलाईन मार्फत नै हराएको कागजपत्रको सिफारीस उपलब्ध गराइनेछ ।

प्रविधिको उच्चतम प्रयोग गरी सेवाग्राहीलाई सहज सेवा, समयको बचत र स्मार्ट ट्राफिक सेवा प्रदान गर्ने उद्धेश्यले यो सुविधा लागु गरिएको हो ।