कीवर्डहरू -

नाष्ट, कृषि मन्त्रालय सहित केहि सरकारी बेसाइटहरु ह्याकरको निशानामा 

नाष्ट, कृषि मन्त्रालय सहित केहि सरकारी बेसाइटहरु ह्याकरको निशानामा 

नेपालमा वेबसाइट ह्याक कुनै नौलो कुरा होइन । कमजोर सुरक्षाका विच बनाइएका यस्ता वेबसाइटहरु सजिलै ह्याकरले आफ्नो निशानामा पार्दै आएका छन । यसैक्रममा नाष्टको वेबसाइट पनि ह्याकरको निशानामा परेको छ । नेपाल विज्ञान प्रविधि प्रतिष्ठान कै वेबसाइट ह्याकरले इन्डेक्स गरेका छन । नाष्टको साइट एनटी ब्लाकहटको नामबाट ह्याक भएको सन्देश छोडिएको छ ।


यो लिंक क्लिक गरेर साइट हेर्न सक्नुहुनेछ । पूर्णरुपमा होमपेज वेबसाइट बिगारेको नभएर केहि लिंकहरुमा ह्याकरहरुले आफ्नो निशाना छोडेका छन । यसलाई वेबसाइट डिफेसमेन्ट भनेर पनि बुझिन्छ ।


यसैगरी कृषी तथा पशुपन्धी विकास मन्त्रालयको वेबसाइटमा पनि समस्या देखिएको छ । टिपिकल आइडिओट सेक्युरिटी नामबाट साइटमा ह्याक गरेको फाइल छोडिएको छ । यस्तै X-m3n नामबाट पनि केहि सरकारी साइटहरु इन्डेक्स गरिएको छ ।

कमजोर सुरक्षाका कारण ह्याकरहरुले सजिलै सरकारी वेबसाइट ह्याक गर्ने गरेको पाइएको छ । सरकारी वेबसाइटहरु ठुलो रकममा सेटिङ मिलाउदै काम गर्ने तर गुणस्तर तथा सेक्युरिटी पक्षमा भने खासै ध्यान दिइएको पाइदैन ।

\"\"

यतिमात्र नभएर केहि दिन अघि नाम चलेका इन्जिनियरिंग कलेज एनसिआइटी, नेपाल इन्जिनियरिंग, लिटिल एन्जल्स लगायत दर्जन बढि वेबसाइटहरु ह्याक भएका थिए ।


हेर्नुस ह्याकरहरुले छोडेका इन्डेक्स फाइलहरुको लिंक

http://nast.gov.np/js/def.html?fbclid=IwAR2LYtk-5aM_Z3QAc_V5MBxV1J5VmzLjn-uGyfEByIRRBcCeRJwccUfZADs

http://hvap.gov.np/z.htm?fbclid=IwAR2tVju6Z_DTiqxt3hvhckkHU60FbaRrHzhiQ7ZCIXAiiE4i4p8iae9_7YE

http://dlsosindhuli.gov.np/xpro.html?fbclid=IwAR0Rwh12911BLPcqsrAxNKMnB81cXaIc0gjVQooMC79miU8FmBmSMjkBm2k