कीवर्डहरू -

सामसङको ए–सिरिज ग्यालेक्सी ए०४इ नेपाली बजारमा सार्वजनिक

सामसङको ए–सिरिज ग्यालेक्सी ए०४इ नेपाली बजारमा सार्वजनिक

सामसङले ए–सिरिजको ग्यालेक्सी ए०४इ बजारमा ल्याएको छ । ३ जीबी र्याम र ३२ इन्टर्नल मेमोरी भएको फोनमा १ टीबी एक्सटर्नल स्टोरेज स्पेस क्षमताको माइक्रो एसडी  कार्ड जोड्न सकिने कम्पनीले जनाएको छ ।

फोनको मूल्य १३ हजार ४९९ तोकिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मोबाइलमा मेन क्यामेरा १३ मेगापिक्सलका सागै फ्रन्ट साइडमा ५ एमपी क्यामेरा रहेको छ। यस्तै ६.५ इन्चको स्क्रिन, टाइप–सी चार्जिङ पोर्ट, ५००० एमएएच ब्याट्रीलगायतका विशेषता मोबाइलमा रहेको छ ।