कीवर्डहरू -

काठमाडौंमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन आयोजना हुँदै

काठमाडौंमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन आयोजना हुँदै

याँ वर्ष २०७६ को आगमन संगै वैशाख १० र ११ गते प्रदेश नं. ३ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौंमा “राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन” को आयोजना हुँदैछ । व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकाष्ट), त्रिभुवन विश्वविद्यालयको सहकार्यमा आयोजना हुने उक्त दुई दिने सम्मेलनको मुख्य नारा “समृद्धिका लागि विज्ञान तथा प्रविधि: नवप्रबर्तन र उद्धमशिलताको लागि युवा सशक्तिकरण” रहेको छ । देशभरबाट छानिएका विज्ञान तथा प्रविधिको बिभिन्न बिधामा अनुसन्धानरत ४० वर्ष सम्मका युवा वैज्ञानिक तथा सिर्जनशिल नवप्रबर्तकहरुको बिचमा निबन्ध लेखन, कलाकारीता तथा पोष्टर प्रदर्शनी र अनुसन्धान पत्र प्रस्तुतीकरणको प्रतियोगिता हुनेछ ।

यस प्रतियोगितामा उत्कृष्ट हुने युवा वैज्ञानिकहरुलाई कदर-पत्र, पदक तथा नगद पुरस्कार द्वारा सम्मानित गरिनेछ । सम्मेलनमा प्रस्तुत भएका मध्ये दुईवटा उत्कृष्ट रिसर्च आईडियालाई राष्ट्रिय आविस्कार केन्द्रको सहकार्यमा रिकाष्टमा थप अन्वेषण गर्न तथा उद्योगमा रुपान्तरण गर्नको लागि रु. दुई लाख सम्मको कोष पनि खडा गरिएको छ ।

वैज्ञानिक संस्कार र सहकार्यलाई प्रोत्साहित गर्दै विद्यालय तहका विद्यार्थीहरूका साथै विश्वविद्यालय स्तरका युवा-शोधकर्ताहरू, विज्ञान, प्रविधि र इनोभेसनका बिभिन्न गतिविधिहरूमा संलग्न सिर्जनशिल तथा स्वप्नशिल युवाहरुको प्रतिभालाई देशको समृद्धिको सपनासंग जोड्नु यो सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।

सम्मेलनले विशेषत: प्रदेश नं. ३ का युवा वैज्ञानिकहरुको अभिलाषा तथा अनुसन्धान, नव-प्रवर्तन तथा उद्धमशिलताको लागि विद्यमान सम्भावनाहरुको पहिचान गर्ने अपेक्षा गरिएको छ । साथै यो सम्मेलनले युवा वैज्ञानिकहरुको बिचमा अनुशासन, भाईचारा, एकता र अन्तरविषयक सहकार्यलाई प्रबर्धन गर्ने आशा राखिएको छ । यस कार्यक्रमले विज्ञान, प्रविधी र उद्धमशिलताको क्षेत्रमा भावी योजना तथा नीति-नियम तर्जुमा गर्न दिशानिर्देश गर्ने समेत अपेक्षा गरिएको छ ।

विस्तृत जानकारीको लागि कृपया कार्यक्रमको वेबपेज www.nysc2019.org हेर्नु होला ।