सामसङले ग्यालेक्सी एस २३ फेब्रुअरी एकमा सार्वजनिक गर्न सक्ने भएको छ । सामसङ ग्यालेक्सी एस २३ फोन सार्वजनिक हुनु अघिनै केही फिचरहरु बाहिरिएका छन् ।
फोनमा क्युएचडी प्लस रिजोलुसन रहेको छ । डिभाइसमा फोरजी एलटीई र फाइभजी कनेक्टिभीटीको फिचर रहेको छ । यसमा अक्टा कोर प्रोसेसरको पनि सुविधा रहेको छ । फोनमा स्नापड्रयागन एट जेन २ प्रोसेसरको प्रयोग गरिएको छ ।
स्मार्टफोनमा चार ओटा रियर क्यामेरा रहेको छ । यसमा २०० एमपीको प्राइमरी लेन्स, १२ एमपीको अल्ट्रावाईड, १० एमपीको टेलिफोटो र १० गुणा बढी अप्टिकल जुम रहेको छ । फोनमा ४८८५ एमएएचको ब्याट्री पनि रहेको छ ।
यस फोनमा स्याटेलाईट कनेक्टिभिटी फिचर आउने भएको छ । सामसङले इरिडियम नामक स्मार्टफोन कम्पनीसँग सहकार्य गरेर स्याटेलाईट कनेक्टिभिटीको दिन लागेको हो ।
एन्ड्रोइड १४ मा पनि स्याटेलाईट कनेक्टिभिटी फिचर सार्वजनिक हुनेछ । तर सामसङले त्यो भन्दा अगाडि नै कनेक्टिभिटी फिचर सार्वजनिक गर्ने तयारी गरेको हो ।
स्याटेलाईट कनेक्टिभिटी मार्फत डेटा, मेसेज तथा इमेज पठाउन सकिन्छ । सामसङले यस फिचरका लागि विगत २ वर्ष देखि काम गर्दै आएको थियो । यसका लागि फोनमा सानो एन्टीना समेत हुन सक्नेछ ।