कीवर्डहरू -

क्रिप्टोकरेन्सी, अनलाइन जुवा लगायतका वेबसाइट र एपमाथि प्रतिबन्ध लगाउन प्राधिकरणको निर्देशन  

क्रिप्टोकरेन्सी, अनलाइन जुवा लगायतका वेबसाइट र एपमाथि प्रतिबन्ध लगाउन प्राधिकरणको निर्देशन  

नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाईन जुवा लगायतका गैरकानुनी नेपालभित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी व्यवस्था गर्न निर्देशन दिएको छ ।

इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन जारी गर्दै प्राधिकरणले क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाईन जुवा लगायतका गैर कानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपालभित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी र त्यस्तो वेबसाइट वा एप अनलाइन सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

प्राधिकरणको सूचनामा भनिएको छ, 'नेपालमा मौद्रिक उपकरणको रुपमा कानूनी मान्यता नदिएको Virtual Currency र Network Marketing लगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोवार हालका दिनमा बढ्दै गएको हुँदा अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाईन जुवा लगायतका गैर कानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित Website, App, अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपालभित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी र त्यस्तो Website, App वा अनलाइन सञ्जालमा पहुँच पुग्न नसक्ने व्यबस्था गर्न सबै इन्टरनेट (इमेल सहित) सेवा प्रदायक संस्थाहरुलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट निर्देशन जारी गरिएको छ,' ।

साथै निर्देशनको पालना नगरेको पाईएमा ऐन बमोजिम कारवाही हुने दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।