कीवर्डहरू -

हल्ट प्राइज एट आइओईद्वारा उद्यमशीलता सिरिजको दोस्रो शत्र सम्पन्न

हल्ट प्राइज एट आइओईद्वारा उद्यमशीलता सिरिजको दोस्रो शत्र सम्पन्न

हल्ट प्राइज एट आइओइले उद्यमशीलता सिरिजको दोस्रो शत्र सम्पन्न गरेको छ । परिकल्पनाको समूह विषयमा उद्यमशीलता टक सिरिजको दोस्रो शत्र सञ्चालन भएको हो ।

गत शनिबार इन्ट्रान्स क्याफे चाकुपाट ललितपुरमा भएको कार्यक्रममा आफ्नो समूहमा कस्ता कस्ता मानिस राख्ने ? कार्य विभाजन कसरी गर्ने ? कार्यको निगरानी कसरी राख्ने ? लगायतका विषय बारे जानकारी दिइएको थियो  ।

निःशुल्क आयोजना शत्रमा वक्ताको रुपमा अर्बन गर्लका सह–संस्थापक किरण तिम्सिना र ह्याप्पी माइन्ड्सकी संस्थापक श्रेया गिरीको उपस्थिति रहेको थियो । छलफलमा सहभागीलाई पुरस्कारको व्यवस्था समेत गरिएको थियो ।

गिरीले बलियो टोली निर्माणको महत्त्वलाई जोड दिइन् र त्यसो नगर्दा विभिन्न समस्याहरु सिर्जना हुने पनि थपिन् । थप रूपमा, उनले उद्यमी यात्रामा आएका चुनौतिहरुको बारेमा बताइन् । उनले मनोवैज्ञानिक सुरक्षा, एसडब्लुओटी विश्लेषण, र टोली निर्माण गर्दा भएको परिदृश्यको बारेमा पनि कुरा गरेकी थिइन् ।

अर्बन गर्लका सिटिओ तथा सह–संस्थापक किरण तिम्सिनाले प्रविधि र विश्वव्यापी श्रम शक्तिको भविष्यबीचको सम्बन्धमा आफ्नो दृष्टिकोण राखेका थिए ।

प्राविधिक विकास र श्रमशक्तिको कमीले गर्दा सम्भव भएसम्म मानिसलाई क्रमशः मेसिनले विस्थापित गर्ने उनको विश्वास रहेको देखियो । उनले सहभागीहरुसँग अन्तरक्रिया गर्दै टिमवर्कको महत्वमा जोड दिए ।