कीवर्डहरू -

वीलिङ एयर ईभी नेपाली बजारमा, फुलचार्जमा ३ सय किलोमिटर गुड्ने

वीलिङ एयर ईभी नेपाली बजारमा, फुलचार्जमा ३ सय किलोमिटर गुड्ने

वीलिङ एयर ईभीको नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ । सानो परिवारका लागि उपयुक्त चार सिटे (डबल डोर) ईभी वीलिङलाई नेपाली बजारमा ईभी नेपाल मोटर्स बज्र ग्रुपले ल्याएको हो ।

१७.३ र २६.७ किलोवाटको ब्याट्री क्षमतामा उपलब्ध वीलिङ एयर ईभीले ४ घण्टाको फास्ट चार्जमा २ सयदेखि ३ सय किलोमिटरसम्मको माइलेज दिने कम्पनीको दाबी छ ।

लिथिनियम ब्याट्री प्रयोगभएको गाडीमा ब्याट्रीमा ८ वर्षको वारेन्टी समेत प्रदान गरिएको कम्पनीले जनाएको छ । वीलिङ १७.३ किलोवाटको बजार मूल्य २४ लाख ९९ हजार र २६.७ किलोवाटको ३० लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

फास्ट चार्जर पोर्टलसहित विभिन्न ४० वटा एसोसरिज समेत उपलब्ध रहेको कम्पनीका प्रवन्ध निर्देशक प्रकाश बज्राचार्यले जानकारी दिए ।

आइतबार काठमाडौंस्थित होटल हायात रेजेन्सीमा वीलिङ एयर ईभीकोसफल मिडिया टेष्ट ड्राइभ समेत सम्पन्न भएको छ । विभिन्न मिडियामा आवद्ध करिब १ दर्जन पत्रकारहरुले वीलिङ एयर ईभीको टेस्ट ड्राइभ गरेका छन् ।