कीवर्डहरू -

सरकारी सेवा उपलब्ध गराउन टाइम कार्ड लागु गरिने, पटक पटक डकुमेन्ट बुझाउनु पर्ने झन्झट हटने

सरकारी सेवा उपलब्ध गराउन टाइम कार्ड लागु गरिने, पटक पटक डकुमेन्ट बुझाउनु पर्ने झन्झट हटने

सरकारले तोकिसएको समयमा सरकारी सेवा उपलब्ध गराउने टाइम कार्ड लागु गर्ने भएको छ ।

सोमबार सरकारमा सहभागी राजनीतिक दलहरूको समझदारीका आधारमा तयार भएको सरकारको न्युनतम साझा कार्यक्रममा टाइम कार्ड लागु गर्ने विषय समेटिएको छ ।

न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारी सेवाहरू अनलाइनबाट उपलब्ध गराउने र तोकिएको समयमा सेवा उपलब्ध गराउन टाइम कार्ड प्रणाली लागु गर्ने बताए ।

त्यस्तै फरक फरक कार्यालयमा नागरिकता लगायतका डकुमेन्ट पटक पटक बुझाउनु पर्ने झन्झटलाई हटाउन राष्ट्रिय परिचयपत्रलाई प्रचलनमा ल्याउने बताइएको छ ।

यसका साथै नागरिक एपलाई सुदृढ गरी त्यसैबाट सबै प्रकारका सेवा उपलब्ध गराउने पनि जनाइएको छ ।