कीवर्डहरू -

सुरक्षित रुपमा कन्टेन्ट राख्ने प्राइभेट फोल्डर बनाउन यस्तो गर्नुहोस्

सुरक्षित रुपमा कन्टेन्ट राख्ने प्राइभेट फोल्डर बनाउन यस्तो गर्नुहोस्

हामीले काम गर्दा तथा आफ्नो निजी जीवनमा कतिपय यस्ता कुराहरु हुन्छन् जसलाई हामी गोप्य राख्न चाहन्छौँ । सबैकुरा डिजिटल बनेसँगै हामीले सुरक्षित राख्नुपर्ने डिजिटल सामाग्रीहरु पनि बढ्दै गएका छन् । यस्तोमा आफ्नो प्राइभेट फोल्डर बनाएर यसरी आफ्नो कन्टेन्टहरु सुरक्षित राख्न सकिन्छ ।

यसका लागि सर्वप्रथम आफ्नो विन्डो पिसी होम स्क्रीनमा गएर क्रियट फोल्डर अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । अब न्यू भनेर लेखिएको  अप्सनमा क्लिक गरेर ड्रप डाउन मेन्युबाट फोल्डर अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यो फोल्डर निर्माण भएपछि राईट क्लिक गरेर फोल्डरलाई पुनः नयाँ नामदिन सकिन्छ ।

यसमा नाम राख्नका लागि फुल साइजको किबोर्ड चाहिने गर्दछ जसमा अल्ट र ०१६० थिच्नुभयो भने फोल्डरमा नाम राख्न सकिन्छ । यस फोल्डरमा निजी डेटा सुरक्षित राख्न सकिन्छ ।