कीवर्डहरू -

पोखरामा एनपीनोगको ३ दिने सूचना प्रविधि कार्यशाला हुँदै

पोखरामा एनपीनोगको ३ दिने सूचना प्रविधि कार्यशाला हुँदै

नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले माघ ८ देखि १०  सम्म एनपीनोग सेभेन नामक कार्यशाला आयोजना गर्ने भएको छ । ३ दिनसम्म सञ्चालन हुने उक्त कार्यशाला पोखराको होटेल बाराहीमा आयोजना हुनेछ ।

कार्यशालामा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक विज्ञहरूबाट दुई बिषयगत क्षेत्रमा तालिम संचालन हुनेछ ।

इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनोग) को सयुक्त रूपमा सञ्चालन गर्ने कार्यशालामा नेटवर्क एडमिनिस्ट्रेसन र सिस्टम एडमिनिस्ट्रसन बारे तालिम दिइने छ ।

सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत करिब १०० जनाले भाग लिनेछन । एनपीक्सका प्रबन्ध निर्देशक रुपेश भक्त श्रेष्ठले सूचना तथा संचार प्रविधि क्षेत्रमा लागेका व्यक्तिको ज्ञान आदान प्रदान गर्न तालिम आयोजना गर्न लागेको बताए ।

एनपीनोगका अध्यक्ष समित जनले एनपीनोग वर्षको दुई पटक गर्ने र सो मध्ये एक काठमाडौं तथा अर्को काठमाडौं बाहिर गर्ने जानकारी दिए ।

साथै देशका लागि सक्षम व्यवसायिक प्रावधिक जनशक्ति तयार गर्नेमा एनपीनोगको भुमिका सधैं उच्च रहने प्रतिवद्धता जनाए ।

यस कार्यक्रममा  नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क, आईस्पान, नेपाल इन्टरनेट फाउन्डेसनसहित एपनिक र आईक्यान जस्ता अन्तरराष्ट्रिय संगठनहरूले पनि सहयोग रहने छ । कार्यक्रम बारे जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।