कीवर्डहरू -

प्लस टु क्वीज कार्यक्रम आयोजना गर्दै लोकस

प्लस टु क्वीज कार्यक्रम आयोजना गर्दै लोकस

लोकसले आफ्नो प्रि इभेन्ट अन्र्तगत प्लस टू क्वीज कार्यक्रम आयोजना गर्ने भएको छ । प्लस टू क्वीज कार्यक्रम माघ १ गते पूलचोक क्याम्पसको लाइब्ररी हलमा आयोजना हुनेछ ।

लोकस २०२३ को यस कार्यक्रममा सहभागीहरुले सहभागीता जनाउन अहिले प्लस टू वा एलेभल पढिरहेको हुनुपर्छ ।

यसमा सहभागीता जनाउन प्रति टिमले रेजिस्टर गर्दा १५०० रुपैयाँ भुक्तानी पनि गर्नुपर्ने हुन्छ । एक टिममा दुई जना मात्रै रहन मिल्ने आयोजकले बताएको छ ।

यस हाजिरी जवाफको विजेताले २० हजार रुपैँया नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो स्थानमा आउनेले १० हजार रुपैँया नगद पुरस्कार प्राप्त गर्नेछन् र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस कार्यक्रममा सहभागी हुन लागि यहाँ क्लिक गरि रेजिस्टर गर्नुहोस् ।