कीवर्डहरू -

नयाँ बर्षको अवसरमा नेपाल टेलिकमको २०० रुपैयाँको बम्पर प्याक

नयाँ बर्षको अवसरमा नेपाल टेलिकमको २०० रुपैयाँको बम्पर प्याक

काठमाडौं। सरकारी स्वामित्व रहेको नेपाल टेलिकमले नयाँ बर्षको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ। नेपाल टेलिकमले आफ्ना ग्राहकलाई २०० रुपैयाँमा प्याक उपलब्ध गराउने छ।

२०० रुपैयाँको  प्याक अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र २ सय मिनेट भ्वाइस कल गर्न, २ सय वटा एसएमएस पठाउन र ३ जीबी डाटा चलाउन सकिने छ।

यो प्याक खरिद गरेपछि ५ दिन सम्मको लागि मान्य हुनेछ। नयाँ बर्षको यो सुविधा *१४१५# डायल गरेर यो सुविधा लिन सकिने छ। यो प्याक २०७५ चैत ३० देखि २०७६ बैशाख २ गते सम्म खरिद गर्न सकिने छ ।